२१ जेठ, काठमाडाैं
आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महत पुँजीगत लाभकर नै अन्तिम मान्न तयार भएसँगै अर्थ मन्त्रालयले ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको स्विकार्दै विज्ञप्ति जारी गरेको छ ।
‘आर्थिक विधेयक २०८० को दफा २९ का सन्दर्भमा प्राकृर्तिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम गरेको छ । त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।