नेपालकाे समग्र हितकाे रक्षापछि मात्रै संसदमा भएकाे अवराेध हट्छ : केपी ओली

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, जेठ २१ गते ।  प्रमुख विपक्षी दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए ।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलको विरोधका कारण संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको