नागरिकता ऐनअनुसार पर्सामा भाेलीदेखी नै नागरिकता वितरण गरिने

२१ जेठ,काठमाडाैं

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी नयाँ नागरिकता ऐनअनुसार सोमबारबाट नागरिकता वितरण गरिने जनाएको छ।

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरु संलग्न राखी जेठ २२ गते कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।

वडा अध्यक्षको सिफारिससहित अनुसूची-१ को फाराम, बाबु र आमाको सक्कल नेपाली नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्र र नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीच नाता प्रमाणित, बसाइसराइ भए सोको दर्ता प्रमाण पत्र पनि माग गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like