५३.०३ अंकले बढ्याे सेयर बजार

काठमाडाैं,जेठ २१ गते।सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेकाे छ।

यो वृद्धिपछि नेप्से १९ सय १९ अंकमा बन्द भएको छ भने १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। २१७ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको मात्र घट्यो। बजारका सबै उपसमूह बढेका छन्।

बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढे।

यसअघि अर्थ मन्त्रालयमा भएको वार्तामा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनेगरी सहमति भएको थियो। सहमतिपछि विरोधका कार्यक्रम स्थगित गरिएको सेयर लगानीकर्ता संघले जनाएको छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like