शरणार्थी प्रकरण : जेठ ३० भित्र थुनछेक बहस सकाउन आदेश

२१ जेठ,काठमाडाैं

नक्कली भुटानी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ ।

न्यायाधीश न्यौपानेले बहस सुरु हुनु अगावै बहस समय बाँडफाँट गर्न भनेका थिए । जसअनुसार सरकारी वकिलको तर्फबाट आउँदो मंगलबारसम्म सुरुवाती बहस गर्ने समय बाडिँएको छ ।सरकारी वकिलका तर्फबाट आठ सरकारी वकिलले बहस गर्ने छन् ।

सरकारी वकिलको बहस सकिएसँगै बुधबारबाट अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्ने छन् । इजलासबाट अभियुक्तहरूका कानुन व्यवसायीलाई जेठ ३० भित्र बहस सकाउन आदेश भएको हो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like