श्रीमतीले आफ्नाे प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

समाचार शेयर गर्नुहोस्

२२ जेठ,काठमाडाैं

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलमा श्रीमान्‌को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

स्थानीय २९ वर्षीय अब्दुल नसिम खाँको हत्या आरोपमा उनकी श्रीमती हशिवुन निशालाई प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिकसँग मिलेर बिहीबार मध्यराति श्रीमान्‌को हत्या गरेको रहस्य खुलेको हो ।

मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि खेतमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हत्या भएका व्यक्तिको श्रीमती हशिवुन भारतमा सँगै पढेका साथी थिए। उनीहरू विगत दुइ वर्षदेखी सम्पर्कमा रहेका थिए।। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । आफ्ना क्रियाकलापका बारेमा श्रीमान्‌ले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएकी थिइन्।

हत्यापछि हशिवुनले आफ्ना श्रीमान् बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । तर अनुसन्धान गर्दै जाँदा आफैंले श्रीमान्‌को हत्या गरेर आफैंले प्रहरीको उजुरी दिन आएको तथ्य खुलेको हो ।

आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको हशिवुनले प्रहरी समक्ष बयान दिएकी छन् ।

हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको