पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

समाचार शेयर गर्नुहोस्

२२ जेठ,काठमाडाैं

पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् ।सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले आफूहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा नगर कमिटीका सदस्य, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यलगायत रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको तर जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिंदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताए ।

‘पार्टीलाई विधि प्रकृया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भने, ‘तर हाम्रा सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पुर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’

जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारीले समेत पार्टी सुधारका लागि राखेका माग सम्बोधन गर्न कुनै चासो नराखी बेवास्ता गरेको भण्डारीले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको