याेगेश भट्टराईकाे प्रश्न : ‘प्रधानमन्त्रीलाई आफुसँग नभएकाे विधेयक प्रमाणीकरण गर्ने अधिकार कस्ले दियाे ?’

२२ जेठ,काठमाडाैं

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणमा आफूसँग नभएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन् ।

साेमबारकाे संसद् बैठकममा भट्टराईले नागरिकता जस्ताे संवेदनशील विषयमा धेरै खेलवाड नहाेस् भन्दै प्रधानमन्त्री दाहाललाई आफूसँग नभएको अधिकार कसले दियो भनी प्रश्न गरे । उनले हिजो बिहे गरेर आएकी विदेशी महिलालाई १५ वर्ष नभई नागरिकता दिनुहुँदैन भन्ने माओवादीले एमालेले ७ वर्ष हुनुपर्छ भन्दा त्यसलाइ राष्ट्रघात हुने भएकाे बताए।

‘प्रधानमन्त्रीज्यूले आफूसँग नभएको अधिकार विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ?’ भट्टराईले भने,’त्यो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने?’संसदमा विशेष अधिकार हनन् गर्नेमाथी कारबाही हुनुपर्छ, उनले भने नेपाली जनतालाइ दिउँसै ढाँट्ने ?’

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत नेपालको भूमि अरूलाई दिने हक प्रधानमन्त्रीलाई नभएको पनि बताए ।

भट्टराईले भने,‘नेपाली भूमि अरूलाई दिने हक प्रधानमन्त्रीलाई दिइएको छैन । के आधारमा बंगलादेशको कुरा गर्नुभयो ? सट्टापट्टा गर्ने सर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौँ । लम्पसारवाद आउँछ भने जुनसुकै लम्पसारविरुद्ध एमाले उभिन्छ,’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like