२२ जेठ, काठमाडाैं
पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
दुर्घटनामा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१, पणेनाका जीप चालक २६ वर्षीय रमेश विक, ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२, पोखराथोककी २५ वर्षीया सीता गौतम र दुई वर्षीय संयोग गौतमको ज्यान गएको छ। संयोगको उपचारका क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
रुपन्देहीको सालझन्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप किउरेछेडामा दुर्घटना भएको हो। दुर्घटनामा चालक सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको छ।
त्यस्तै, घाइते दुई जनाको चौराहा अस्पताल बुटवलमा र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकदेखि करीब ७० मिटर तल खसेको छ।