पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु

२२ जेठ,काठमाडाैं

सर्लाही जिल्लाकाे बरहथवामा आज मध्यान्ह पिकअप दुर्घटना हुँदा एक युवकको मृत्यु र दुइजना घाइते भएका छन्।

मृत्यु हुने बाराकाे महागढीमाइ नगरपालिका –८ बस्ने २० वर्षीय सचिव पासवान रहेका छन्। दुर्घटनामा सोही ठाउँका १४ वर्षीय विश्वक पासवान र १३ वर्षीय विवेक पासवान घाइते भएका छन्। उनीहरुको बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बरहथवाबाट चक्रघट्टातर्फ गइरहेको प्रदेश–२–०३–००१ ख ३५२३ नम्वरको पिकअप नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत बरहथवा नगरपालिका–१२, लौकठमा दुर्घटनामा परेको हो। दुर्घटनामा संलग्न पिकअप चालक प्रहरी नियन्त्रणमा छन्।

जेनेरेटर, ग्यास चुल्हो लगायतका सामग्री बोकेर हिँडेको पिकअप दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like