१७.३८ अंकले घट्याे सेयर बजार

२२ जेठ, काठमाडाैं

साताको दाेस्राे काराेबारका दिन नेप्से सूचक १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ ।

आज नेप्से सूचक दोहोरो अंकले घट्दैगर्दा यता कारोबार रकम समेत घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । यद्यपि, आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिभम् सिमेन्टको सेयर मूल्य ४.५० प्रतिशतले घट्न पुगेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like