२२ जेठ,काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे ।
‘प्रधानमन्त्रीले साँच्चै ल्याएको १५ वटा राँगा हुन् । चढेर ल्याएर पनि डोहोर्याएर ल्याए पनि’ ओलीले भने, ‘अरु केही छैन । तर अरु ल्याएको भए प्रमाणित गर्नुपर्छ ? तर भन्न र देखाउनलाई केही छैन ।’ ती राँगा पनि ल्याउन आफ्नो कार्यकालमा सम्झौता भएको स्मरण गरे ।