२२ जेठ, काठमाडाैं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीमाथि प्रश्न सोध्ने उनले यस्तो आराेप लगाएका हुन्।
ओलीले प्रधानमन्त्री दाहालले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको गुनासाे गरे। ओलीले मन्त्रीहरुलाई छोडेर छोरीलाई प्राथमिकतामा राखेको टिप्पणी गर्दै अर्थमन्त्री, परराष्ट्र मन्त्री र अरु मन्त्री कता हो केही थाहा नभएको र भद्रगोल भएको आरोप उनले लगाए।
‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो रह्यो। नेपालको संसदले सर्वसम्मतले संविधान संशोधन गर्दै चुच्चे नक्सा पारित गरेको हो,’ उनले भने, ‘यो कुरा शिर ठाडो राखेर प्रधानमन्त्रीले राख्न सक्नुभएन।’