प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यामिक योगा सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

समाचार शेयर गर्नुहोस्

२३ जेठ, काठमाडाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धार्मिक पर्यटकीय स्थल खप्तड प्रस्थान गरेका छन् । प्रधानमन्त्रीसहित केही नेताहरुको टोली आज बिहान हेलिकोप्टरमार्फत उता प्रस्थान गरेको हो ।

सुदूरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकीयस्थल खप्तडमा आयोजित प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यामिक योगा सम्मेलनको उद्घाटन प्रचण्डले गर्नेछन्। योगा कार्यक्रम पर्सिसम्म सञ्चालन हुने छ ।

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको