धारिलाे हतियार प्रहार गरी दम्पत्तिकाे हत्या

समाचार शेयर गर्नुहोस्

२३ जेठ,काठमाडाैं

नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवाललेका अनुसार गाँउपालिकाकाे वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको टाउकाेमा धारिलाे हतियार प्रयाेग गरी साेमबार राति हत्या भएको हाे।

उनीहरुको घर गाउँकै बैरिहवामा छ। घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो ।

साे विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको