मुसलधारे वर्षापछि आएको बाढीका कारण मध्य जापानमा ३ जनाको मृत्यु, ९९० घरमा क्षति

२३ जेठ, काठमाडाैं

जापानको प्रशान्त महासागर तटीय क्षेत्रमा सोमबार परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण ३ जनाको मृत्यु भएको छ।

९ सय ९० घरमा क्षति पुगेको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। पुनर्स्थापना कार्य अझै जारी छ।

आइचीमा २७३ र सिजुओकामा ७१७ घर डुबानमा परेको क्योडोले जनाएको छ। स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रमा पानी आपूर्ति र आइची प्रान्तमा प्रभावितहरूको उद्धारका लागि प्रयास गरिरहेका छन्।

स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like