२३ जेठ, काठमाडाैं
खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो ।
स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकलले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गतेदेखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ ।
साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख गिरिराज रानाले जानकारी दिनुभयो । श्र६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन्।