एमालेले ‘करका दर हेरफेर’ भएकोबारे सरकारकाे जवाफ आउनुपर्ने बताएपछि बैठक बस्न ढिलाइ

समाचार शेयर गर्नुहोस्

२३ जेठ, काठमाडाैं

प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ।

सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो।

‘‘बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको र अनधिकृत व्यक्तिको संलग्नता भएको कुरा सञ्चारमाध्यममा आएका छन्। जवाफ माग्ने तयारी छ। मागमा सहमति भएन भने सम्भवतः आज पनि बैठक अवरुद्ध हुनसक्छ।’’एमाले प्रमुख सचेतक पदम गिरीले भने,।

उनले सभामुखसँगको छलफलमा साझा सहमति जुटाउने प्रयास भइरहेको पनि बताए। यही विवादका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक डेढ घण्टा बित्दा पनि सुरु भएको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको