कसैलाई फाइदा/घाटा पुग्नेगरी करका दर हेरफेर नगरिएको अर्थमन्त्रीकाे दाबी

२३ जेठ, काठमाडाैं

अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैलाई फाइदा/घाटा पुग्नेगरी करका दर हेरफेर नगरिएको दाबि गरेका छन् । मंगलवार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्ताे दाबी गरेका हुन् ।

‘कुनै पनि विशेष घरानालाई फाइदा पुग्नेगरी बजेट बनाएको छैन,’ उनले भने, ‘व्यापारीहरूले अनुमानमा विद्युतीय गाडी ल्याए होलान् । बढ्न सक्छ भन्ने अनुमानमा कसले कति ल्यायो ? म कसरी जिम्मेवारी लिनू ? तर कुनै सूचना चुहाइएको छैन ।’

यस्तै उनले विद्युतीय गाडीमा सरकारले दिएको छुट ग्राहकसम्म नपुगेको बताएका छन्। उनले विद्युतीय गाडीको ठूलो मार्जिन (नाफा) डिलरले राख्ने गरेको दाबी गरे।

‘पेट्रोलियममा तीन सय प्रतिशतसम्म कर छ। विद्युतीय गाडीको कर छिमेकी देशहरूको तुलनामा सबैभन्दा कम हाम्रोमै छ। पहिले पहिले विद्युतीय गाडी एक-दुइटा मात्रै थियो। तर अहिले त्यो बढेको छ। समय सापेक्ष हामीले अलिकति बढाएका पनि छौं। ठूलो क्षमताको नि इभी (विद्युतीय गाडी) नै हो। ठूलो क्षमताको नि इभी नै हो। हामीले सानोलाई सानो र ठूलोलाई ठूलो गरेका हौं,’ उनले भने।

उनले ५० किलोवाटका विद्युतीय गाडीलाई केही पनि नचलाएको बताए। ‘नेपालमा इभी गाडी आउँछ। तर त्यसको ठूलो मार्जिन डिलरले राखेका छन्। कस्टमर (ग्राहक)मा त्यो ट्रान्सफर भएको छैन। छुट त दिने तर कस्टमरले नपाउने अवस्था विद्यमान छ। त्यसलाई हेर्नुपर्ने आवश्यकता छ। यसमा इफ र बट छैन।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like