सेयर बजार २५.६६ अंकले बढ्याे

२३ जेठ, काठमाडाैं

आज मङगलबार सेयर बजार २५.६६ अंकले बढेकाे छ। मंगलबार नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

साथै सेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।२६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढ्दा जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like