अलपत्र परेकाे अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागी भारतबाट अनुदान

समाचार शेयर गर्नुहोस्

२३ जेठ,काठमाडाैं

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि नेपालले भारतसँग अनुदान माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका दौरान चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि भारतसँग अनुदान सहयोग मागेको जानकारी दिएका हुन् ।

सोमबार भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदमा भारत सरकारको अनुदान सहयोगबाट चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य अगाडि बढाउने बारेमा पनि गम्भीर छलफल भएको बताए ।

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अहिले अलपत्र छ । गत चैतमा सरकारले रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने सार्वजनिक भए पनि औपचारिकता पाउन भने सकेको थिएन ।

निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको