(इलिप्स)का विद्यार्थी मृत भेटिएको घटनामा आत्महत्या दुरुत्साहनको जाहेरी

समाचार शेयर गर्नुहोस्

२३ जेठ, काठमाडाैं

काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)का विद्यार्थी मृत भेटिएको घटनामा अभिभावकले मंगलबार प्रहरीमा जाहेरी दिएका छन् ।

१७ जेठमा विद्यालयको छात्रावासमा धादिङ घर भएका ५ कक्षामा अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए । सो घटनामा विद्यार्थीका अभिभावक र आफन्तले मंगलबार जाहेरी दिएका महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएका छन् ।

अनुसन्धानकै क्रममा रहेकाले अभिभावकले को विरुद्ध जाहेरी दिएको भन्ने प्रहरीले खुलाउन अस्वीकार गरेको छ ।पोष्टमार्टम रिपोर्टले ह्याङ्गिङ भनेको छ । आत्महत्या दुरुत्साहनमा जाहेरी आएको छ, अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

हाल प्रहरीले विद्यालयका प्रिन्सिपल र केही शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको