नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको बहस आज सकियो

समाचार शेयर गर्नुहोस्

२३ जेठ, काठमाडाैं

नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । पीडित तथा वादीको तर्फबाट आइतबारदेखि बहस गरेका सरकारी वकिलहरुले आज बहस सकाएका हुन्।

आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले लगायतले बहस गरे। आज नै सरकारी वकिल पक्षले बहस सकाएको छ।

अब पीडित पक्षका निजी वकिलहरुले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको