२३ जेठ, काठमाडाैं
काठमाडौं महानगरपालिका भोटाहिटीस्थित एक मिठाइ पसलमा ताल्चा लगाएको छ।
मंगलबार महानगर प्रहरीले भोटाहिटीमा रहेको आर के मिठाइ पसलमा ताल्चा लगाएको हाे। महानगर प्रहरीका अनुसार नक्सामा गाेदाम भनेर उल्लेख गरेकाे ठाउँमा मिठाइ पसल सञ्चालन गरिएकाे हुँदा पसलमा ताल्चा लगाएकाे हाे।
यस्तै केही समय अगाडि नै उक्त स्थानमा नक्सा माथि काम गर्न महानगर प्रहरीले आग्रह गरे पश्चात पनि पसल धनीले अटेर गरी पुन सञ्चालन गरेकाे हुँदा ताल्चा लगाइएकाे महानगरले जनाएकाे छ।