२४ जेठ, काठमाडाैं
भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेकाे हाे। अभियोग दर्ता भएको २४ घण्टाभित्र दुई जना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। यस्तै प्रहरीका अनुसार बाँकी रहेका अन्यअभियुक्तलाई पनि छिट्टै पक्राउ गरी अन्य आवश्यक कानुनी कारबाही गरिने छ।
यो घटना जिल्लाको गौर थाना क्षेत्रको हो । सोमबार राति १० बजे नाबालिगको शव फेला परेको थियो । घटनापछि स्थानीयले सडक अवरुद्ध गर्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।