नक्कली भुटानी शरणार्थी प्रकरण : आज अभियुक्त पक्षका वकिलहरूले बहस सुरू गर्ने

समाचार शेयर गर्नुहोस्

२४ जेठ काठमाडाैं

हिजाे  मङ्गलबार सरकारी वकिलकाे बहस सकिए लगत्तै आज बुधबारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरू गर्ने भएकाे छ । यसअघि नै निर्धारण भएको बहसको समय  अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसअन्तर्गत अभियुक्तका तर्फबाट बहस गर्ने वकिलहरुलाई ६ दिनको समय उपलब्ध गराइनेछ ।

आजदेखि हुने बहसमा अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ । यस्तै न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको