२०८ विधालयले बुझाए छात्रवृत्तिकाे विवरण

समाचार शेयर गर्नुहोस्

२४ जेठ, काठमाडाैं

काठमाडाैं महानगरपालिका अन्तर्गत २०८ विधालयले छात्रवृत्ति वितरणकाे विवरण बुझाएका छन्।

शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् । यस्तै महानगरकाे नियमावली अनुसार संस्थागत विद्यालयले कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।महानगरको शिक्षा विभागले पटक–पटक छात्रवृत्ति वितरण विवरण बुझाउन पत्रचार एवम् सूचना सार्वजनिक गरेपनि सो विवरण पेस नभएपछि मंगलबार पुनः तीन सय ४२ निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको