सुनकाे मुल्य २०० रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, जेठ २४ गते। आज नेपाली बजारमा सुनकाे मुल्य २०० रूपैँयाले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतिताेला २ सय रूपैँयाले बढेर एक लाख १२ हजार सात सय रूपैँयामा काराेबार भएकाे छ। यस्तै तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजाे मंगलबार उक्त सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोलाएक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी हिजो कै मूल्य प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको