बाेरामा ओर्जिनल लेखे पनि भित्र खाद्य मल र बिउबिजन नक्कली हुन्छ : सांसद अग्रहरी

२४ जेठ, काठमाडाैं

नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ पाउन नसकेको बताएकी छन्।

बुधबार प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उनले यस्ताे बताएकी हुन्।। यस्तै उनले  किसानहरूले खाध मल नपाएकाे र पाएकाे पनि नक्कली परेकाे भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् ।

‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ ।’ यस्तो कार्य हुँदा पनि सरकार कहिलेसम्म आँखा चिम्लेर बस्छ?

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like