“सबैको सुझावपछि प्रमाणीकरणका लागि अनुरोध गरेको हो, सिफारिश गरेको होइन।” : प्रधानमन्त्री प्रचण्ड

समाचार शेयर गर्नुहोस्

२४ जेठ, काठमाडाैं

राष्ट्रिय सभाको बुधबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यहि दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोगमा मात्रै भएको बताएका छन्।

“नागरिकता सम्बन्धी विधेयक मैले भारत जाने दिन प्रमाणीकरण गरिदिनुहोस् भनेको होइन,”मैले त संघीय संसद्को बजेट अधिवेशन शुरू हुने दिन वैशाख २४ गते प्रमाणीकरण गर्न उचित हुन्छ भनेको थिए,” तर, राष्ट्रपति रामचन्द्र पौडेलले आफूले पनि कानूनी विषयमा छलफल गर्नुपर्ने भएकाले त्यतिवेला प्रमाणीकरण नगरेको उनको भनाइ थियो।

“मैले संविधानविद्, कानूनविद्, नेपाल बार एसोसिएशन, पूर्व महान्यायाधिवक्ता लगायतसँग छलफल गरेको थिएँ, सबैको सुझाव राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिँदा उचित हुन्छ भन्ने थियो,” दाहालले भने, “सबैको सुझावपछि प्रमाणीकरणका लागि अनुरोध गरेको हो, सिफारिश गरेको होइन।”

यस्तै आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको दाहालले बताएका छन्। उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको