सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लङ्घन गर्नुभयाे : सांसद दाहाल

समाचार शेयर गर्नुहोस्

२४ जेठ,काठमाडाैं

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधि सभा नियमावलीको उल्लङ्घन गरेको बताए ।

‘हामी संविधानको मातहतमा रहेर, प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैंले पनि प्रतिनिधि सभा नियमावलीको उल्लङ्घन गर्नुभएको छ । रोष्टममा तपाईँले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि, माननीय सांसदहरूलाई रुलिङ गर्ने ? हाम्रो प्रतिनिधि सभा नियमावलीले प्रस्ट लेखेको छ, एक पटक एउटा विषयमा प्रश्न उठाइसकेपछि बारम्बार उठाउन पाइँदैन ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको