२४ जेठ,काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण’bout सकी नसकी विरोध गर्नु उचित नभएको बताउनुभएको छ । हुन बाँकि सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकी नसकी विरोध गर्ने तरिका उचित नभएको उहाँकाे भनाइ थियाे ।
बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गर्नुभयाे । उनले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि बताए।
उहाँले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि बताउनुभयाे । बरु बङ्गलादेश जाने बाटोको विकल्प’bout पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानी गरेको उहाँको स्पष्टीकरण थियो ।
उहाँले भन्नुभयाे, ‘मेराे भारत भ्रमणलाई लिएर के सत्तापक्ष, के प्रतिपक्ष, नागरिक समाज सबैले मलाई बधाई दिन्छन् भनेर सोचेरै आएको थिएँ । स्वागत भव्य हुन्छ भन्ने लागेको थियो । ’cause नेपालको इतिहासमा केही युगान्तकारी काम भएका छन् । उत्पात भयो भन्ने मेरो दाबी होइन । तर एउटा नयाँ सुरुवात भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ त । त्यस कारण म माननीय सदस्यहरूलाई गम्भीरतापूर्वक अनुरोध गर्न चाहन्छु– यो बेला बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हाे । ठिक भएको छ । अझ ठिक हुनुपर्छ । भएका सहमति ठिक ढङ्गले कार्यान्वयन हुनुपर्छ । त्यस कारण यसमा अनावश्यक सकी नसकी विरोध गर्नुपर्ने, कनिकुथीको तरिका अपनाउनु उचित छैन ।’
प्रधानमन्त्री प्रचण्डले आफूले भारत भ्रमणका क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दाबीसमेत गरे । उनलेआफूले भारत भ्रमणका क्रममा खर्बौंको लगानी भित्र्याउने गरी सहमति गरेको बताए ।