२४ जेठ,काठमाडाैं
काठमाडौँमा एक जना युवतीको कुटपिट गरी हत्या भएको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएकाे हाे।
तामाङकाे हत्या गरेकाे अभियाेगमा सोही ठाउँमा डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरूबीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
तामाङकाे मृत्यु खबर हुनासाथ वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको थियो । यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।