भक्तपुरमा एकैदिन दुई स्थानमा चोरी

समाचार शेयर गर्नुहोस्

२४ जेठ,काठमाडाैं

भक्तपुरमा एकैदिन दुई स्थानमा चोरीका घटनाहरू भएका छन् । मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार कुटु टोल डेरा गरी बस्ने झापा दमक नगरपालिका–३ घर भएकी बबिता भट्टराईको डेरा कोठाबाट नगद १६ हजार र सुनको विभिन्न गहना गरी करिब ७ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

यसैगरी भक्तपुर,चाँगुनारायण नगरपालिका-५ छालिङ भिमसेन टोल बस्ने निर्मला वनको घरबाट ढोकाको ताला फुटाई नगद ३१ हजार र सुनको विभिन्न गहना गरी करिब १० लाख ९६ हजार ६ सय २५ रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको