आफ्नै शिशुको हत्या गर्ने युवक पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, जेठ २४ गते।

आफ्नै शिशुको हत्या गरी फरार एक युवक काठमाडौँबाट पक्राउ परेका छन् ।

बारा देवताल गाउँपालिका–४ निवासी २५ वर्षीय नुर आलम अन्सारीलाइ काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएकाे टाेलीले मंगलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गे अड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।

गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । उनलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको