गाउँकै महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष मदन सिंह धामी पक्राउ

२५ जेठ, काठमाडाैं

गाउँकै महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मालिकार्जुन गाउँपालिका-३ का वडाध्यक्ष मदन सिंह धामी पक्राउ परेका हुन् । धामी गत माघ २० गते महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए। उनी एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन्।

पिडित महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा बुधबार जिल्ला सदरमुकामबाट धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like