७.२७ अंकले बढ्याे सेयर बजार

२५ जेठ,काठमाडाैं

आज बिहीवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय ३९ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।बजार बढेकाे दिन दुई सय ७३ वटा कम्पनीका ५९ लाख ६२ हजार कित्ता शेयर दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र बुङगोल इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like