२५ जेठ, काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसद भवनमा सामुदायिक विद्यालय, अस्पताल र विमानस्थलका सीसीटिभी फुटेजको लाइभ राख्न सुझाव दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले जनताबाट चुनिएका प्रतिनिधिले गरेका बहसको परिणाम प्रत्यक्ष देख्नका लागि संसदको स्क्रिनमा सीसीटीभी फुटेजको लाइभ राख्न सुझाव दिएका हुन् ।
“म त भन्छु यो सदनमा पाँच वर्षसम्म आजबाटै देशका सातै ओटा प्रदेशका सरकारी अस्पताल, सामुदायिक विद्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको लाइभ सीसीटिभी फुटेज भित्तामा राखौं,” उनले भने, “र, पाँच वर्षपछि हामी बिफोर र आफ्टर भनेर हेरौं ।”पाँच वर्षपछि आउने सदनलाई त्यो हस्तान्तरण गरौं, यदि यसो गर्न सक्दैनौं र राँगा–भैंसीका भरमा बहस गर्दै जाने हो भने नेपाली जनतामा निराशा छाउँछ,’ उनले भने।