डडेल्धुरामा जिप दुर्घटनामा ९ जना यात्रु घाइते

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

डडेल्धुरामा शुक्रबार बिहान जिल्लाकाे नवदुर्गा गाउँपालिका -१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएकाे छ।

चरिचरनका लागि जंगलमा लगिरहेका बाख्राका कारण जीप दुर्घटाना भएको हो। बाख्रा बचाउन खोज्दा जीप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएका छन् । बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप  नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले जानकारी दिए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको