रामबहादुर रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटाे हाे : गृहमन्त्री

२६  जेठ, काठमाडाैं

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसी प्रदेशका पूर्वमन्त्री तथा एमाले संसदीय दलका उपनेता रामबहादुर रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला सत्य नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा कोसी प्रदेशका पहिचानवादी आन्दोलन’bout ब्रिफिङ गरेका गृहमन्त्री श्रेष्ठले रामबहादुर रानामगरलाई अवरोध गरिएको भएपनि कालो मोसो दलिएको भन्ने हल्ला झुटो भएको बताएका हुन्।“रामबहादुर रानामगर सवार गाडीमा पहिचान पक्षधरले सडकमै ढुंगामुढा राखेर अवरोध गरेको देखियो । त्यस क्रममा रानामगरजीको गाडीमा मोविल पोखिएको रहेछ,” श्रेष्ठले भने, “माननीयज्यूलाई कालोमोसो दलिएको भन्ने सत्य होइन ।”

उनले रानामगरले आफूसँगको कुराकानीमा प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरेको  बताए । “यस सम्बन्धमा माननीयजीसँग सम्पर्क गर्दा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाप्रति अन्त्यन्तै प्रशन्नतासहित धन्यवाद भन्नुभएको छ,” श्रेष्ठले भने, “उदयपुरमा पनि सर्पदंश उपचारकेन्द्रमा भेन्टिलेटर राख्न जाँदा समेत अवरोधको प्रयास भएको थियो ।”

प्रदेश उपसभामुख सृजना दनुवारसहितको टिममा रहेको वा २ झ ३७३८ नम्बरको गाडीको झण्डा थुतेर फरार भएकाे, अर्को गाडीमा क्षतिपपुगेको भएपनि मानवीय समस्या भने नआएको बताए ।

डीएसपीको गाडी अघि बढेको समयमा ट्रकले रोकिएपछि त्यही मौकामा मोटरसाइकलमा आएका पहिचानवादीले झण्डा थुतेर ढुंगा प्रहार गरी फरार भएकाे  उनले बताए । उनले गाडी तोडफोड गरेर भाग्नेलाई पनि प्रहरीले खोजी गरिरहेको बताए ।

उनले प्रदेशसभाको नामकारणदेखि नै सुरूभएको आन्दोलनका कारण प्रदेश सभासञ्चालन गर्न समेत अवरोध भएको बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like