काठमाडाैंमा एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि

२६ जेठ, काठमाडाैं

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ९ को एक विद्यालयका चार जना विद्यार्थीमा दादुरा पुष्टि भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको जानकारी दिनुभयो ।

विद्यालयमा पढ्ने १५ वर्षमुनिका ५४ जना विद्यार्थीलाई दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँच जनाको नमुना परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो । ९ जना बिरामी अस्पताल भर्ना भएकोमा ७ जना निको भइसकेको र दुई जना उपचारको क्रममा छन्।

ज्वरो र विविर भएका शंकास्पद दादुराको बिरामी भएको जानकारी स्वास्थ्य सेवा विभागले जेठ १३ गते प्राप्त गरेको थियो। जानकारी प्राप्त भएपछि गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा सक्रिय खोज सुरु गरिएको विभागले जनाएको छ। विभागका अनुसार प्रभावित स्थानमा शंकास्पद बिरामीलाई भिटामिन ए पनि खुवाइएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like