संसदमा छलफल हुनुपर्ने विषय रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न खतिवडाकाे माग

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद्मा रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न माग गरेका छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले संसद्लाई हल्का रूपमा प्रस्तुत गर्न खोजिएको भन्दै संसदमा छलफल हुनुपर्ने विषय रेकर्डबाट हटाउने परम्परा अन्त्य गर्न माग गरे।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनवाट हटने छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको