स्वीजरल्याण्डकी राजदूत क्यापलरले गरिन् रामचन्द्र पौडेलसँग बिदाई भेट

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

रामचन्द्र पौडेलसँग स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गरेका छन् । राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै छिन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले जानकारी गराए ।

सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरे । राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेकाे योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गरेका थिए।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ। नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्व दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको