बिमा क्षेत्रलाइ सुधार गर्न संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक छ : अर्थमन्त्री

समाचार शेयर गर्नुहोस्

२६ जेठ,काठमाडाैं

अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गदै अर्थमन्त्री महतले बीमा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए ।उनले नेपालको बीमा ब्रोकरहरूले ग्राहकहरूलाई उनीहरूले सामना गर्ने जोखिमहरू र तिनीहरूलाई न्यूनीकरण गर्न उपलब्ध बीमाबारे शिक्षित गर्न नसकेको भन्दै नियामक निकाय र बीमा बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग समेत सहयोगको आह्वान गरे ।

मन्त्री महतले डिजिटल प्लेटफर्महरू अँगालेर र प्रविधिको फाइदा उठाउँदै ब्रोकरलाई फराकिलो रुपमा ग्राहकमाझ पुग्न र निजीकृत प्रदान गर्न सक्षम बनाउन आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सराेकारवालाहरूकाे सामूहिक प्रयास आवश्यक रहेको पनि बताए । उनले बीमा उद्योगले आम नागरिकको हीतको संरक्षण मात्र गर्ने नभई राष्ट्रको दिगो विकासमा पनि योगदान पुर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको