सरकार र बजेटबाट आशा गर्नु भनेको धतुरो रोपेर स्याउ, सुन्तला फलाउन खोज्नुजस्तै हाे : गोकर्ण विष्ट

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सरकार र बजेटबाट आशा गर्नु भनेको धतुरो रोपेर स्याउ, सुन्तला फलाउन खोज्नुजस्तै भएको बताए ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै विष्टले यस्ताे बताएका हुन्।

‘यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन र एउटा भनाई छ–जुनकिरीको पिँधले उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन’, विष्टको भनाइ छ ।

यस्तै विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित गरेर बजेट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले भने ‘बजेटजति डडेलधुरा र गोर्खामा रे ! क्रमागत आयोजनाहरु काटिन्छन्, केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित गरिएको छ यो विधि र न्याय स्थापित भएन , ’एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला । आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको