नबिल बैंक र ल्याण्डमार्क हाेटल एन्ड रिसोर्टबिच सम्झाैता

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग छुटको लागि सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत गत नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटलमा छुट पाउनेछन्।

ल्याण्डमार्कका सबै शाखामा खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्नुपर्नेछ। हाल सम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको