फेसबुकमा घरजग्गा ‘लाेन सेवा’ नामक पेज बनाइ ५७ लाख ठगी गरेकाे अभियाेगमा एक जना पक्राउ

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

फेसबुकमा घरजग्गा  लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भइ काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री नामले चिनिने २७ वर्षीय रामचन्द्र चालिसे पक्राउ परेका छन्।

उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लोन सेवा पेज बनाई सञ्चालनमा ल्याएका थिए। लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको