कालिकाेटमा गएराति जिप दुर्घटना हुदाँ ३ जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

कालिकोटको शुभकालिका गाउँपालिका–६ मा गएराती जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको