कैलालीमा बुहारीकाे हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–२ की कविता बुढाको हत्या आरोपमा तीन जना पक्राउ परेका हुन् ।

कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढालाई पक्राउ गरेको छ ।

घटनाका मुख्य अभियुक्त डिल्लीसिंह बुढालाई नेपाल भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो ।

डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा बुहारी कविताको हत्या गरेर शव जंगलमा गाडेको र ज्वाइँ नाता पर्ने जयवीरले उनीहरूलाई सहयोग गरेको अभियोगमा पक्राउ गरिएको  प्रहरीले बताए।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको