२८ जेठ, काठमाडाैं
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सन्दीप रायमाझीका तर्फबाट अदालतमा बहस सुरु भएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा जारी बहसमा सन्दीपका तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेकी छन् ।
शरणार्थी प्रकरणमै पक्राउ परेका रायमाझीका बाबु पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता रमेश बडाल तथा वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गरेका थिए । गत हप्ता देखी सुरू थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहनेछ ।